२२ कार्तिक २०८३, आइतबार

माओवादी केन्द्र सल्यानद्वारा बागी उम्मेदवारका लागि छुट्टै चुनावी प्रचार

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, २२ कात्तिक । माओवादी केन्द्र सल्यानले बागी उम्मेदवारका लागि छुट्टै चुनावी प्रचार प्रसार कमिटी गठन गरेको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका आधिकारिक उम्मेदवारलाई चुनौती दिँदै बागी उम्मेदवारी दिएको माओवादी केन्द्र सल्यानले छुट्टै चुनावी प्रचार प्रसार कमिटी गठन गरेको हो ।

माओवादी केन्द्र सल्यानले पार्टीका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकी ‘छाहारी’ को संयोजकत्वमा १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।

जिल्लाभरीको प्रचार प्रसारको नेतृत्व गरेका संयोजक छाहारीले प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार उमाकान्त शर्माका लाई प्रचार तथा परिचालनको नेतृत्व लिएका छन ।

यस्तै, प्रदेशको क्षेत्र नम्बर १ मा टिकाराम ओली ‘दर्शन’को संयोजकत्वमा ७५ सदस्यी तथा २ मा ज्ञानबहादुर ओली ‘माइकल’को संयोजकत्वमा ७५ सदस्यी निर्वाचन परिचालन समिति गठन गरिएको जिल्ला संयोजक बुढाथोकीले बताए ।

प्रचारप्रसार कार्यालयको जिम्मा टंकप्रसाद शर्मा ‘सौगात’लाई दिइएको छ भने जिल्लामा कार्यरत केन्द्रीय सदस्य, जिल्लाका पदाधिकारी सहित १५० जनाको निर्वाचन परिचालन समिति बनाइएको माओवादी केन्द्र सल्यानले जनाएको छ ।