काठमाडौँ, २ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाका भाई एवम नेपाली काग्रेस बाँकेका सभापति डा. अरुण कोइरालाको मंगलबार निधन भएको छ ।
निमोनिया रोगबाट पीडित रहँदै आउनु भएको कोइरालाको भारतको राजधानी नयाँ दिल्ली स्थित मेदान्त अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाली काँग्रेसले जानकारी दिएको छ ।
‘उहाँको निधन भएको खवर हामीलाई भर्खर मात्र जानकारी भयो,’ नेपाली काँग्रेसका मुख्यसचिव ऋषिकेश तिवारीले भन्नुभयो, ‘उहाँको शवलाई सकेसम्म आजै काठमाडौँ ल्याएर पार्टीकार्यालय सानेपामा श्रद्धाञ्जलीका लागिका लागि राख्ने कार्यक्रम छ ।’
उहाँलाई सम्मान सहित अन्त्येष्ठि गरिने पनि काँग्रेसले जानकारी दिएको छ । फोक्सोमा समस्या देखिएपछि उहाँलाई करिव एक महिनाअघि उपचारका लागि दिल्ली लगिएको थियो ।
उहाँको यसअघि ओपन हट सर्जरी गरिएको थियो । उहाँ प्रधानमन्त्री कोइरालाका काँइलो भाई हुनुहुन्छ ।
भारतीय हिन्दू विश्वविद्यालय (बिएचयू)बाट एमबिबिएस गर्नुभएका कोइरालाले वनारसमा बिपी कोइरालाको सानिध्यमा रही राजनीति सिके सिक्नु भएको थियो ।















प्रतिक्रिया