काठमाडौँ, २ मंसिर । उपप्रधान, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह समक्ष नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घका नेताहरूले मंगलबार ज्ञापनपत्र प्रस्तुत गरेका छन् ।
काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधर विद्यार्थी नेताहरूको तत्काल सङ्घको महाधिवेशनको मिति तोक्नुपर्ने माग गर्दै ज्ञापनपत्र प्रस्तुत गरेका हुन् ।
काँग्रेस महामन्त्रीसमेत रहनुभएका उपप्रधानमन्त्री सिंहले ज्ञापनपत्र बुझ्दै महाधिवेशन गराउन संस्थागत निर्णयका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको विद्यार्थी नेता पुष्पकुमार शाहीले जानकारी दिनुभयो ।
‘आफू निकट नेवि सङ्घका नेताहरुले महाधिवेशनमा हार्ने डरले संस्थापन पक्षले महाधिवेशन स्थगित गर्दै आएको छ, यदी तत्काल महाधिवेशनको मिति नतोकिए देशव्यापी सङ्घर्षमा जानुको बिकल्प छैन,’ शाहीले भने, ‘हामीले उपप्रधानमन्त्री सिंहलाई यस बारेमा ध्यानकर्षण गराएका छौँ ।’
ज्ञापनपत्र प्रस्तुत गर्ने विद्यार्थी नेताहरुमा देउवा पक्षधर विद्यार्थी नेताहरू तथा अध्यक्षका उम्मेदवार नैनसिंह महर, उपाध्यक्षका उम्मेदवार शाही र अन्य केन्द्रीय सदस्यका आकांक्षीहरू शिव बोहरा, रवीन्द्र शाहलगायत उपस्थित थिए ।















प्रतिक्रिया