२२ कार्तिक २०८३, आइतबार

सडकमा भेटिएको बम सेनाद्वारा निष्क्रिय

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, २२ कात्तिक । फिदिम नगरपालिका–२ स्थित पल्लोटार जाने बाटोमा भेटिएको बम नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले आज निष्क्रिय पारेको छ ।

पल्लोटार जाने बाटोमा (महेश तिम्सिनाको घरअघि) भेटिएको बम सो टोलीले निष्क्रिय पारिएका हो । शंका लागेपछि स्थानीयवासीले आज बिहान ५ः४५ बजे प्रहरीलाई खबर गरेका थिए । प्रहरी र सेनाको टोलीले घरमा प्रयोग गरिने जगमा जोडिएको वस्तु बम भएको पुष्टि गर्दै निष्क्रिय पारेका हुन् । रासस