गरुडा (रौतहट), २ मङ्सिर । अज्ञात समूहको धारिलो हतियार प्रहारबाट सोमबार साँझ एक जनाको मृत्युभएको छ ।
रौतहटको भसेढवा गाविस–९ का २५ वर्षीय तपसीराय यादवको घाँटीमा धारियो हतियार प्रयोग गरी अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
साँझ करिब ७ बजे उक्त समूहले यादवलाई घरबाट पूर्वपट्टि बोलाई धारियो हतियार प्रयोग गरेपछि गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको जिप्रकाले जनाएको छ ।















प्रतिक्रिया