२२ कार्तिक २०८३, आइतबार

पाँच बर्षमा विकासशील र १० बर्षमा विकसित मुलुक बनाउछौः नेता ज्ञवाली

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, २१ कात्तिक । नेकपा एमालेको केन्द्रिय सचिव एबं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप ज्ञवालीले आगामी ५ बर्षमा नेपाललाई अति अल्पविकसित देशबाट विकासशिल राष्ट्र बनाउने बताएका छन् । मंगलवार कालिगण्डगी गाउँपालिका ३ जयखानीको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

दश बर्षमा मध्यम आय भएको विकसित मुलुक र १० बर्षमा २० हजार मेगावाट विद्युत उत्पादन गरेर देशका सबै जनशक्तिलाई देशमै रोजगार सिर्जना गर्ने बताए ।

नेपाल प्राकृतिक हिसाबमा धेरै धनी मुलुक हो ज्ञवालीले भने, ‘यसै सम्पदाको उच्चतम सदुपयोग गर्दै नेपाललाई विकासशिल राष्ट्रको दर्जामा पु¥र्याउछौँ ।’ अर्को प्रसङ्गमा उनले अब निर्वाचनपछि देशका कुनै पनि गाउँका बालबालिका अब विद्यालयबाहिर रहनु पर्ने बताए ।

नेपालमा ठूलो संघर्ष गरी नयाँ संविधान जारी गरेको भन्दै यो संविधान कार्यान्वयनको चरणमा भएको र कार्यन्वयन भएको जिम्मा पनि राजनीतिक दलकै काधँमा रहेको बताए । एमाले र माओवादी केन्द्रबीच बाम गठबन्धन लामो समयको छलफलपछि निर्माण भएको बताए ।

बाहिर देखिएको जस्तो एक्कासी नभई यो गठबन्धन धेरै लामो समयदेखि नै प्रयास भएको तर अहिले आएर मात्र यसले सार्थकता पाएको उनको भनाई छ । एउटै सिद्धान्त भएका दुई दलहरुका बिच चुनावपछि पार्टी तालमेल गर्ने र देशलाई विश्वमै नमुना मुलक बनाउने उदेश्यसहित गठबन्धन निर्माण गरिएको बताए ।

गठबन्धनले देशमा रहेको अनियमितता, भष्ट्रचार लगायतका समस्याहरुको अन्त्य गर्दै समृद्ध नेपाल निर्माण गर्ने उनको भनाई छ ।