२९ आश्विन २०८३, बिहिबार

अफगान महिला सांसद सुक्रिया आत्मघाती आक्रमणबाट बाँच्न सफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shukria-Barakzai_49206काबुल, ३० कात्तिक । अफगानिस्तानमा सांसदहरुको एक सवारी साधानलाई लक्ष्यगरी गरिएको एक आत्मघाती आक्रमणमा सो सवारी साधनमा सवार  रहनु भएका प्रमुख महिला सांसद सुक्रिया बाराक्जाई भने उक्त आक्रमणबाट बाँच्नु भएको छ ।

उहाँलाई सामान्य चोट मात्र लागेको अफगान गृह मन्त्रालयका प्रवक्ता सेदिक सेदिकीले बताउनु भएको छ । उक्त आत्मघाती आक्रमणमा तीन सर्वसाधारणको भने मृत्यु  भएको छ ।

सो आक्रमणमा अन्य २२ व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । एक कारमा विस्फोटक पर्दाथ बोकी गईरहेको आत्मघाती आक्रमणकारीले बायाँतर्फबाट गईरहेको सांसदको सवारी सधानलाई लक्ष्यगरी विस्फोट गराएको बताइएको छ ।

पश्चिम काबुलमा अवस्थित सांसदभवनको नजिकै भएको यस दुर्घटनाबाट सांसदको सो सवारीसाधन नराम्ररी क्षतिग्रस्त भएको जनाइएको छ ।

यस आक्रमणबाट तीन व्यक्तिको मृत्यु हनुको साथै अन्य २२ जना घाइते भएको पनि सेदिकीले प्रष्ट पार्नु भएको छ ।
।
बाराक्जाई अफगानिस्तानमा महिला अधिकारको लागि प्रसिद्ध अभियानकर्ताको रुपमा रहनुभएको छ । उहाँलाई तालिवानलगायत अन्य इस्लामिक अतिवादी समूहले कयौं पटक मार्ने धम्की दिएको बताइएको छ ।

तर आइतबार भएको यस आक्रमणको जिम्मा भने कुनै पनि समूहले लिएको छैन् । उक्त आक्रमण अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पाकिस्तानको दुई दिने भ्रमण पूरा गर्नु भएपछि भएको छ  ।

सो भ्रमणपछि घानीले पाकिस्तानसँगको सम्बन्ध सुधार भएको र यसैवर्षको अन्त्यबाट अफगानिस्तबाट एक दशकभन्दा बढीसम्म तालिवानसँग युद्धरत नेटो सैनिक फर्किएपछि अफगानिस्तानको अशान्त क्षेत्रको सुरक्षामा पाकिस्तानले सघाउने समेत बताउनुभएको छ ।  रासस/एएफपी