३१ आश्विन २०८३, शनिबार

जनकपुरमा मोदीले जनतालाई सम्बोधन गर्नुहुन्छःभट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

danesh-bhatariकाठमाडौँ, २९ कात्तिक ।  प्रधानमन्त्रीका विदेश मामिला सल्लाहाकार डा. दिनेश भट्टराईले सरकारले सार्क सम्मेलनको सम्पूर्ण तयार गरिसकेकोले सफल हुने विश्वास ब्यक्त गर्दै सम्मेलनले सार्क राष्ट्रहरुवीच विश्वासको वातावरण सृजना गर्ने बताउनु भएको छ ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहाकार डा. भट्टराईले  सार्कमा आउने प्रतिनिधिहरुले सम्मेलनको दौरान पाँच–पाँच मिनेट सम्बोधन गर्न पाउने ब्यवस्था पनि जानकारी दिनुभयो ।

जनकपुर भ्रमणको क्रममा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनतालाई सम्बोधन गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

शनिबार रिपोर्टसक्लबमा आयोजित कार्यक्रममा उहाँले भारतीय प्रधानमन्त्रीले सम्बोधन गर्न पाउनुहुँदैन भनेर सरकारले नभनेको भन्दै मोदीले अभिनन्दपछि सम्बोधन गर्ने जानकारी दिनुभयो ।

‘त्यो सम्बोधन कस्तो र कुन रुपको हुने भन्ने कुरा स्थानीय तहबाट हुने कुरा हो,’ उहाँले भन्नुभयो ।
सबै शिखर राष्ट्रका राष्ट्रप्रमुखहरु मंसिर ९ गते नेपाल आईसक्ने जानकारी दिँदै उहाँले सम्मेलनको क्रममा द्धिपक्षीय साईडलाईन बार्ताहरु पनि हुने जानकारी दिनुभयो ।

भट्टराईले साईडलाइन वार्ताका क्रममा नेपालले भुटानी शरणार्थीको विषयमा भुटानी प्रधानमन्त्रीसँग कुरा उठाउने समेत जानकारी दिनुभयो ।