३१ आश्विन २०८३, शनिबार

धनगढीबाट प्रचण्डले काँग्रेस र एमालेलाई भने–खेलको मैदानभित्र रहेर खेल खेल्नुहोस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaधनगढी, २८ कात्तिक । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र एमालेलाई खेलको मैदान भित्र रहेर खेल खेल्न आग्रह गर्नुभएको छ ।

धनगढीमा हुने २२ दलीय मोर्चाको आमसभालाई सम्बोधन गर्न धनगढी आउनु भएका प्रचण्डले क्रान्तिकारी पत्रकार संघ कैलालीले शनिबार अत्तरियामा गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो आग्रह गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा काँग्रेस एमाले संविधानसभाको लक्ष्मण रेखा नाघेको समेत उहाँले आरोप लगाउनुभयो ।

‘फुटबलको निश्चित नियम छ,’ उहाँले काँग्रेस र एमालेप्रति लक्षित गर्दै भन्नुभयो, ‘सबै खेलाडीले त्यो नियम पालना गर्नुपर्छ ।’

विगतमा भएका सम्झौता, सहमति, विस्तृत शान्ति सम्झौता, मधेश आन्दोलन र आम सहमतिमा संविधान बन्नुपर्नेमा जोड दिदैँ उहाँले काँग्रेस र  एमाले बुँदे प्रस्ताव ल्याएर संविधानसभाको लक्ष्मण रेखा नाघ्दै हिँडेको आरोप लगाउनुभयो ।
काँग्रेस र एमालेले चाहेको अवस्थामा निर्धारित मितिमै संविधान जारी हुने उहाँको भनाई थियो ।