३१ आश्विन २०८३, शनिबार

सहमति नभए प्रक्रियामा गएर भए पनि माघ ८ मा संविधानः खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

JN KhanalJn Khanalकाठमाडौँ, २८ कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले माघ ८ मै संविधान जारी हुने दाबी गर्नु भएको छ ।

झण्डै दुई महिना स्वास्थ्य उपचारका सिलसिलामा अमेरिका बसेर शनिबार नेपाल फर्किनु भएका खनालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो दाबी गर्नुभएको हो ।

सहमतिको प्रयास सफल नभए प्रक्रियामा गएर भएपनि तोकिएकै मितिमा नेपाली जनतालाई संविधान दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘सहमतीय संविधानका लागि नेताहरुसँग पहल थाल्छु । यदि सहमति हुँनै सकेन भने प्रक्रियबाट भए पनि संविधान जारी गर्नुको अर्को विकल्प छैन ।’
उहाँले आफु स्वस्थ्य भएर फर्किएको भन्दै सम्पुर्ण ध्यान संविधान निर्माणमा केन्द्रित गर्ने बताउनु भयो ।

एमाओवादी अध्यक्ष प्रचण्डले संवाद समितिबाट डा. बाबुराम भट्टराईलाई हटाउन दिएको चेतावनीका सन्र्दभमा सञ्चारकर्मीले राखेको जिज्ञासामा खनालले प्रचण्डको अघिव्यक्तिलाई हावा कुराको संज्ञा दिनुभयो ।

लोकतन्त्रमा सबैलाई बोल्ने छुट  भए पनि जिम्मेवार नेताले त्यस्ता हावा कुरा गर्नु नहुने उहाँले प्रतिक्रिया दिनुभयो ।

खनाललाई स्वागत गर्न विमानस्थलमा एमाले उपाध्यक्षद्वय बामदेब गौतम र भीम रावलसहित एमालेका अन्य कार्यकर्ताहरुको ठूलो समुह विमानस्थल पुगेको थियो ।