३१ आश्विन २०८३, शनिबार

तीन दलले संविधानसभा र जनतालाई बन्धक बनाएः थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapaडडेल्धुरा, २९ कात्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन दलीय सिन्डीकेटका कारण संविधान नबन्ने खतरा बढेको धारणा राख्नु भएको छ ।

सनातन धर्म सापेक्ष मुलुक निर्माणका लागि राप्रपा नेपालले थालेको अभियानका क्रममा डडेल्धुरा पुगेका अध्यक्ष थापाले शनिबार बिहान डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो ।

मुख्य तीन दलले संविधानसभालाई लाचार बनाएका कारण संविधान निर्माण प्रक्रियामा अवरोध सिर्जना भइरहेको अध्यक्ष थापाको दाबी छ । ‘संविधान सभा र जनतालाई बन्धक बनाइएको छ’ अध्यक्ष थापाले भन्नुभयो, ‘संविधानसभामा प्रक्रियामा जान दिने हो भने संविधान जारी हुन समय लाग्दैन ।ड

विवादित विषयहरु संविधानसभाबाटै टुङ्ग्याउनुपर्ने कुरामा जोड दिँदै अध्यक्ष थापाले सहमतिका नाममा सत्ताको मोलमोलाई भइरहेको उल्लेख गर्नुभयो ।

उहाँले संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई संविधान सभाको पूर्ण बैठक तत्काल बोलाउन आग्रह गर्नुभयो । रासस