कानो (नाइजेरिया), २८ कात्तिक । नाइजेरियामा सधैँ अशान्त भईरहने इलाकामा बिहीबार राति एक वायु सेना विमान दुर्घटनाग्रस्त भएको समाचार छ ।
एक विश्वबिद्यालयनजिकै भएको सो दुर्घटनाको प्रत्यक्षदर्शी र सैनिक स्रोतले शुक्रबार जानकारी दिएको छ ।
बिहीबार राती नाइजेरियाको योला सहरमा यो बिमान दुर्घटना भएको जनाइएको छ । यसै हप्ता भएको वायु सेनाको यो दोस्रो विमान दुर्घटना हो ।
यस दुर्घटनामा तत्काल हताहतको भने कुनै समाचार प्राप्त नभएको बताइएको छ । यस दुर्घटनाको विस्तृत विवरण प्राप्त नभएको र अनुसन्धान जारी रहेको वायु सेनाका प्रवक्ता कोम्मोडोरे डेले आलोनगेले एएफपी समाचार समितिलाई बताउनु भएको छ । रासस/एएफपी













प्रतिक्रिया