काठमाडौं । शिक्षा पत्रकार सञ्जाल (इजोन) को अध्यक्षमा पुनः ईश्वरराज ढकाल निर्वाचित हुनुभएको छ ।
इजोनको कात्तिक २८ गते भएको तेस्रो महाधिवेशनबाट नेपाल समाचारपत्रका ढकालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध भएको हो ।
उपाध्यक्षमा द हिमालयन टाइम्सकी कोकिला खड्का महासचिवमा नयाँ पत्रिकाका भवानीश्वर गौतम, सचिवमा नागरिककी रुवि रौनियार र कोषाध्यक्ष अन्नपूर्णका सूर्य पाण्डे निर्विरोध हुनुभएको हो ।
सदस्यहरुमा मन्जिमा ढकाल (द राइजिङ नेपाल), शरद शर्मा (पुलेसो डटकम), निर्जना शर्मा (रिपब्लिकां), विनोद घिमिरे (काठमान्डु पोस्ट), नारायण किलम्बु (कान्तिपुर टेलिभिजन), सूर्यकुमार क्षेत्री (नेपालीकला डटकम), लवराज ओली (एजुकेसन पेजेज) र पार्वता चौधरी (रेडियो कान्तिपुर) छन् ।















प्रतिक्रिया