३१ आश्विन २०८३, शनिबार

बहुमतको बल देखाउन खोज्ने हो भने मुलुक फेरी द्वन्द्वतिर जान्छः प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaकाठमाडौँ, २८ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक संवाद तथा सहमति समितिका  सभापतिलाई बहुमतका आधारमा हटाएर देखाउन काँग्रेस र एमालेलाई चुनौती दिनुभएको छ ।
संबैधानिक समितिको शुक्रबारको बैठकमा उहाँले यस्तो चुनौति दिनुभएको हो ।  उहाँले काँग्रेस र एमालेले राखेको सात प्रदेशलगाएतको प्रस्ताव संविधानसभामा जान नसक्ने भन्दै हिम्मत भए समितिको समापतिबाट एमाओवादी नेता बाबुराम भट्टराईलाई हटाएर देखाउँन चुनौति दिनुभएको हो ।

‘काँग्रेस एमालेले बाहिर ल्याएको प्रस्ताव संवैधानिक समितिले संविधानसभामा पठाउन मिल्दैन, यो जाँदैन, ’ बैठक सकिनु अघि नै बाहिरिनु भएको प्रचण्डले निक्कै आक्रमक रुपमा संचारकर्मीसँग भन्नुभयो, ‘यही कुरा मैलै बैठकमा राखेको छु ।’
उहाँले  दुई तिहाईको दम्भ देखाएर आफ्नो प्रस्ताव संविधानसभा लैजाने काँग्रेस एमालेको  चाहना हो भने त्यो पुरा नहुने पनि उहाँले चुनौति दिनुभयो । बहुमतको बल देखाउन खोज्ने हो भने मुलुक फेरी द्वन्द्वतिर जाने र संविधान नआउने उहाँको कडा चेतावनी थियो । बिहीबार रोल्पाबाट फर्किनु भएका प्रचण्ड आज फेरि  धनगढीको सभामा भाग लिन जाँदैहुनुहुन्छ ।