३१ आश्विन २०८३, शनिबार

नेपाली सेनाको हेलिकोप्टरबाट जनकपुरको बारहबिघामा मोदीको अबतरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modimodiजनकपुरधाम, २८ कात्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भारतको पटनाबाट भिठ्ठामोड नाका भएर जनकपुर आउने कार्यक्रम भएपछि सीमावर्ती भारतीय बजार सुरसण्ड र भिठ्ठामोडवासी मोदीको स्वागत गर्न तैयारीमा जुटेका छन् ।

भारतीय जनता पार्टी(भाजपा) समर्थित नेता तथा कार्यकर्ता मोदीको स्वागत गर्न भारतीय सहर सुरसण्डमा भव्य तयारीमा जुटेका छन् भने सहरको ठाउँ ठाउँमा स्वागतद्वार निर्माण गर्ने भएका छन् ।

प्रधानमन्त्री मोदी आउने दिन मङ्सिर ९ गते सुरसण्ड बजारस्थित अम्बेडकर चोकमा मोदीको भव्य स्वागत गरिने कार्यक्रम तय भएको छ भाजपाका राष्ट्रिय परिषद् सदस्य तथा सुरसण्ड प्रमुख मनिषकुमार गुप्ताले रासससँग भन्नुभयो ‘प्रधानमन्त्री मोदीको स्वागतमा कुनै कसर बाँकी रहँदैन ।’

सुरसरण्डको करबोनादेखि भिठ्ठमोडसम्म करिब २० किलोमिटरको दूरी क्षेत्रमा मोदीको स्वागत गर्न सर्वसाधारण सडकमा आउने छन् भाजपा समर्थित सुरसण्डका व्यापारी विनोदकुमार गुप्ता भन्नुहुन्छ प्रधानमन्त्री मोदीलाई फूलमाला, ब्यान्डबाजाले भव्यरुपमा स्वागत गरिने छ ।

प्रधानमन्त्री मोदी भिठ्ठमोड नाकाबाट स्थलमार्ग हुँदै महोत्तरीको जलेश्वरस्थित शेरगण ब्यारेक प्रकौलीमा पुग्ने कार्यक्रम रहेको छ । मोदीलाई ब्यारेकबाट नेपाली सेनाको हेलिकोप्टरमा जनकपुरको ऐतिहासिक बारहबिघामा उतार्ने कार्यक्रम तय भएको छ । त्यसको लागि प्रकौली ब्यारेकभित्र एउटा ब्यारेक अगाडि खेल मैदानमा दुई वटा गरी तीनवटा हेलिप्याड बनाइएको छ । ब्यारेकभित्र प्रशस्त ठाउँ नरहेकाले दुई वटा हेलिप्याड ब्यारेक बाहिर बनाइएको छ ।

अहिलेसम्मको तय भएको कार्यक्रमअन्तर्गत प्रधनमन्त्री मोदी बारहबिघाबाट जानकी मन्दिरमा गई पूजापठ गर्ने कार्यक्रम रहेको छ । भारतको अयोध्याबाट भगवान श्रीरामको जन्ती मङ्सिर ८ गते जनकपुर आउने र वैवाहिक कार्यक्रम हुने तय भएको जानकी मन्दिरका पदाधिकारीको भनाइ रहेको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणलाई लिएर बिहीबार भारतको सीतामाढीमा नेपाल भारत दुवै देशका सुरक्षा अधिकारीले आ–आफ्नो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ । रासस