विराटनगर, २८ कात्तिक । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केटाकेटीको संज्ञा दिनुभएको छ ।
‘संविधान निर्माणको गहन विषयमा पनि प्रचण्ड सँधै घुर्की लगाई रहनुहुन्छ,’ एमाले जिल्ला कमिटी मोरङले शुक्रबार पार्टी कार्यालय विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेपालले प्रचण्डलाई व्यंग्य गर्दै भन्नुभयो, ‘उहाँलाई केटाकेटीलाई जस्तो चकलेट दिएर फकाउनु पर्ने भएको छ ।’
उहाँले पत्रकार सम्मेलनमा प्रचण्डलाई आन्दोलनको घुर्की छाडेर सरकारमा आउँनसमेत आग्रह गर्नुभयो । एमाओवादी संविधान निर्माण गर्ने सकारात्मक सोँचका साथ सरकारमा आए उचित स्थान दिइने उहाँको भनाई थियो ।
उहाँले एमाओवादीलाई सरकारमा उचित स्थान दिन आफैँले लविङ गर्नेसमेत बताउनुभयो । उहा्ँले माघ ८ मै संविधान जारी गर्नुपर्नेमा जोड दिदैँ त्यसका लागि सबै दलले आ–आफ्नो स्थानबाट लचक हुनुपर्ने बताउनुभयो ।















प्रतिक्रिया