३१ आश्विन २०८३, शनिबार

अख्तियारको डरले दस शिक्षकले राजीनामा दिए, ५० जना राजीनामाको तयारीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhatirपथरी, २८ कात्तिक । जिल्ला शिक्षा कार्यालय मोरङमा दैनिक १० जना शिक्षक राजीनामा दिएका छन् । अरू ५० जनाले राजीनामा दिने तयारीमा छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङमा शैक्षिक योग्यता प्रमाणपत्र छानबिन गर्न थालेपछि १० जनाले राजीनामा दिएका हुन् ।

जिल्ला शिक्षा कार्यालय मोरङ विद्यालय प्रशासनकी प्रमुख तारा शर्माका अनुसार अहिलेसम्म १० जना शिक्षक  राजीनामा दिएका छन् ।

विद्यालय प्रशासन प्रमुख शर्माकै भनाइलाई आधार मान्ने हो भने भारतबाट आइए पास गरेको नक्कली प्रमाणपत्र पेस गरेर जागिर गरिरहेका ५० शिक्षकले राजीनामा दिने तयारीमा छन् ।

उता सहायक  प्रमुख जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले शैक्षिक योग्यताको प्रमाणपत्र सङ्कलन गरिरहेको बताउनुभयो । हालसम्म उत्तमराज पण्डित, हिक्मत थापा, नरेन्द्र ढुङ्गेलले शिक्षकहरूमाथि छानबिन भइरहेको जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ ।  रासस