१५ कार्तिक २०८३, आइतबार

गरे काम, शिलालेखमा कालो नाम

9.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । निमार्ण व्यवसायी महासंघको छाता संगठनले सरकारलाई चेतावनी दिदै निमार्ण सम्बन्धी काम ठम्प पार्ने निर्णय गरेको छ ।

नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणमा सरकारले दोषीलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै निमार्ण सम्बन्धि काम ठम्प पार्ने निर्णय गरेको हो । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

सूचना जारी गर्दै संघले देश भरका कुनै पनि निमार्ण व्यवसायीले सरकारी टेण्डर बिड नर्गन उर्दि जारी गरेको छ । संघले अध्यक्ष हत्याको घोर भत्र्सना गर्दै तत्काल हत्यारा पत्ता लगाई कारवाही नगरे निमार्ण खरिदको बोलपत्रमा बहिष्कार गर्ने सम्पूर्ण निर्माण व्यवसायीलाई निर्देशन समेत दिएको छ ।

महासंघको निर्देशन अटेर गरेर यस्ता बोलपत्रमा सहभागि हुने व्यवसायीलाई संघले गौचन हत्यामा सहयोगी, अबसरवादी, गद्दार र हत्याराको मतियार घोषणा गर्दै महासंघको कार्यालयमा शिलालेख स्थापना गरी कालो अक्षरले अभिलेख राख्ने चेतावनी समेत दिएको छ ।

महासंघको सदस्यता खारेज गर्ने, जेबी नदिने जस्ता निर्णय समेत महासंघले गरेको छ । गौचन हत्याको तीन साता बित्दा समेत प्रहरीले हत्यारा पक्राउ गर्न त परै जाओस् हत्याराको पहिचान समेत सार्बजनिक गर्न सकेको छैन ।

गौचन हत्या पश्चात थप एक दर्जन व्यवसायीलाई घम्की आएपनि प्रहरीले आपराधिक गिरोेहको कुनै सुँईको पाउन सकेको छैन ।

गौचन हत्या केलाउन प्रहरी भित्र भने हिरोइजम देखाउन तछाड–मछाड छ । आधा दर्जन टोलीले भिन्ना भिन्नै रूपमा घटनाको अनुसन्धान गरेपनि आजसम्म कसैले केहि हासिल गर्न सकेका छैनन् ।