५ कार्तिक २०८३, बिहिबार

महिला साफ च्याम्पियनसिप फुटबलमा भारत विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 मुना कार्की  
इस्लामावाद, २७ कात्तिक । भारतले माल्दिभ्सलाई ८–० गोलअन्तरले पराजित गर्दै तेस्रो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

पाकिस्तानको इस्लामावादस्थित जिन्ना रगङ्शालामा बिहीबार भएको खेलमा साविक विजेता भारतले माल्दिभ्सलाई ८–० को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जितसमेत दर्ता गराएको छ ।

भारतको जितमा फरवार्ड नागानगोमबाला देवीले चार गोल गरिन् ।  उनले खेलको पहिलो हाफमा दुई तथा खेलको दोस्रो हाफमा दुई गोल थपिन् । खेलको २४औँ मिनेटमा नागानगोमबालाले पहिलो गोल गर्दै खाता खोलिन् भने खेलको ३६औँ मिनेटमा पुनः एक गोल थपिन् । खेलको पहिलो हाफसम्म २–० ले अगाडि रहेको भारतले दोस्रो हाफमा आधा दर्जन गोल बर्सायो ।

खेलको ६४ र ८५औँ मिनेटमा भारतकी अर्की फरवार्ड युमनाम कमला देवीले दुई गोल गरिन् भने नागानगोमबालाले खेलको ७२ र ७४औँ मिनेटमा दुई गोल थप्दै आफ्नो नाममा व्यक्तिगत चार गोल लेखाइन् ।

त्यस्तै नागानगोमबालाले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै भारतकी कप्तान ओइनाम बेमबेम देवीले एक गोल थपिन् ।

प्रतियोगितामा ज्योति एन बुररेटले खेलको अन्तिम समय ९०औँ मिनेटमा एक गोल थप्दै भारतलाई ८–० गोलअन्तरको सहज जित दिलाइन् । खेल सुरुवातदेखि नै भारतले माल्दिभ्सलाई दबाबमा राखेको थियो ।