३१ आश्विन २०८३, शनिबार

दलहरुबीच सहमति नभई प्रतिवेदन संविधानसभामा पठाउँदिनः बाबुराम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai2_20120319082241काठमाडौँ, २७ कात्तिक । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहनुभएका एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले दलहरुबीच सहमति हुन नसकेसम्म आफूले सत्तारुढ दलको मात्रै प्रतिवेदन संविधानसभामा पेस गर्न नसक्ने बताउनु भएको छ ।

भट्टराईले आफ्नै निवास सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो ।
सत्तारुढ दलका तर्फबाट पेस भएको प्रस्तावमाथि व्यापक छलफल भएको जानकारी दिँदै उहाँले छलफल नै गर्न दिइएन भन्नुको कुनै अर्थ नरहेको तथा सत्यतामा आधारित नभएको बताउनुभयो ।

संविधानसभाले सहमति कायम गर्न संवाद समितिलाई निर्देशन दिएको उल्लेख गर्दै उहाँले दलहरुबीच अझै सहमतिको सम्भावना रहेको बताउनुभयो ।

सभापति डा भट्टराईले भन्नुभयो – ‘दलहरुबीच सहमति हुन्छ, सहमति गर्नुको विकल्प छैन, १२ बुँदे सहमतिदेखिका सहयात्रीहरु मिल्नुको विकल्प छैन, धु्रवीकरणले कोही कसैको हित गर्दैन । सबैलाई मिल्नका लागि आग्रह गर्दछु ।’