५ कार्तिक २०८३, बिहिबार

झण्डै दुई महिनापछि स्वदेश फर्किदैँ पुर्व प्रधानमन्त्री खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalanathकाठमाडौँ, २७ कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल शनिबार स्वदेश फर्किनुहुने भएको छ ।

गत असोज १० गते पिसाब नलीमा समस्या भएपछि उपचारका लागि अमेरिका जानु भएका खनाल शनिबार स्वदेश फर्किन लाग्नु भएको हो ।

अमेरीकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोर स्थीत जोन्स हप्किन्स अस्पतालमा उपचार गराइरहनु भएका खनाल लामो समयको उपचार पछि स्वास्थ्य लाभ भएकाले स्वदेश फर्कन लागेको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

खनालको प्रोस्टेटको शल्यक्रिया गर्नुपर्ने भएपछि उहाँ अमेरिका जानु भएको थियो । उहाँको साथमा निजी चिकित्सक सुमन शर्मा उप्रेती, सहयोगी रणबहादुर राई र नवीन श्रेष्ठ पनि गएका थिए ।

खनाल थप बिरामी परेपछि केही हप्ता अघि खनालकी श्रीमति रविलक्ष्मी चित्रकार पनि उहाँलाई भेट्न अमेरिका जानु भएको थियो ।

शल्यक्रिया गरी अस्पतालबाट डिस्चार्ज हुनु भएका खनाललाई निमोनिया देखिएपछि सोही अस्पतालमा पुनः भर्ना गरिएको थियो ।