काठमाडौँ, २७ कात्तिक । ५२ जना इन्सपेक्टर (प्रहरी निरीक्षक) डिएस्पी (प्रहरी नायव उपरीक्षक) मा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले उनीहरुको बढुवा गरेको हो ।
बढुवाका लागि सिफारिस गर्न बुधबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले ५२ जना इन्स्पेक्टरहरुलाई डिएस्पीमा बढुवाको सिफारिस गरेको बढुवा समितिको सचिवालयले जानकारी दिएको छ ।
डिएस्पीमा बढुवा हुनेहरुमा शैलेन्द्र रेग्मी, भाग्यपुरुष ढकाल, यादवराज उप्रेती, विश्वराज खड्का, योगेन्द्रप्रसाद चौरसिया, यादवबहादुर घर्तीलगायत रहेका छन् ।
बढुवा हुनेहरुको सूची http://www.nepalpolice.gov.np मा हेर्न सक्नुहुन्छ
।















प्रतिक्रिया