अछाम, २७ कात्तिक । जिल्लाका विद्यालय उमेरका किशोरी महिनावारी भएका बेला विद्यालयमा कमै उपस्थित हुने गरेको पाइएको छ ।
विद्यालय उमेरका किशोरी महिनावारी भएका बेला विद्यालयमा उपस्थित नहुने गरेको पाइएको हो । महिला तथा बालबालिका कार्यालय अछामले जिल्लामा गरेको सर्वेक्षणका आधारमा महिनावारीका बेला किशोरी विद्यालयमा कमै उपस्थित हुने गरेको भेटिएको हो ।
विद्यालयमा जाने किशारीको समस्या समाधानका लागि महिला तथा बालबालिका कार्यालय अछामले जिल्लाका विभिन्न विद्यालयमा किशोरी प्रजनन सहयोग कोष स्थापना गरेको छ ।
सो कार्यालयले जिल्लाका कुइका गाविसको महाकाली मावि वैद्यनाथको सूर्यचन्द्र उमावि, गाँज्राको राष्ट्रभाषा मावि र सदरमुकाममा रहेको शोडषा उमावि मङ्गलसैनमा रु १० हजार बराबरको कोषको स्थापना गरेको जानकारी कार्यालयका छाउपडी परियोजना अधिकृत गोपी सिंह नेपालीले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया