काठमाडौं, २७ कात्तिक । पटक–पटक महाधिवेशनको मिति तोकेर स्थगन हुँदै आएको नेपाल विद्यार्थी संघको महाधिवेशन सातौंपटक स्थगन भएको छ ।
कांग्रेस पदाधिकारी बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । सार्क सम्मेलन र तयारी नपुगेको कारण देखाउदै बिहीबार बसेको पदाधिकारी बैठकले अनिश्चितकालका लागि महाधिवेशन स्थगित गरेको हो । संघले पछिल्लो पटक यही कात्तिक ३० गतेदेखि महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
सार्क सम्मेलनलाई असर नगर्ने गरी चक्रपथ बाहिर कीर्तिपुरमा महाधिवेशन गर्न केही दिन अघि बसेको पदाधिकारी बैठकले अनुमति दिएपछि विद्यार्थी नेताहरुले चुनावी तयारीलाई तिव्र बनाएका थिए ।















प्रतिक्रिया