काठमाडौं, २ कात्तिक । पैसावाललाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट दिएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा असन्तुष्टि बढेको छ ।
पैसा भएका र पहुँच भएकालाई टिकट वितरण गरेको विरोधमा महासचिव केशव झा सहित केन्द्रीय नेता पार्टी मुख्यालय बबरमहलमा अनशन बसेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
झाको नेतृत्वमा नेताहरू बुधबार बिहान साढे ११ बजेदेखि अनशन बसेका हुन् ।
आफ्ना गोजीका व्यक्ति, पैसा बुझाउने अनि सामाजिक क्षेत्रमा बदनाम भएकाहरूलाई समानुपातिक र प्रदक्ष्य दुवैतर्फको टिकट वितरण गरेको उनीहरुके आरोप छ ।
उनीहरूले पार्टीले गरेको टिकटको निर्णय सच्याउनुपर्ने माग गरेका छन् ।












प्रतिक्रिया