२९ आश्विन २०८३, बिहिबार

चालिस अल कायदा लडाकूको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमासकस २६ कात्तिक, । सिरियाको मध्य प्रान्त हामाको बाहिरी इलाकमा सिरियाली सैनिकले गरेको कारबाहीमा  कम्तीमा ४० लडाकूको मृत्यु भएको बताइएको छ ।

अल कायदासँग आवद्ध नुस्रा फन्टका ४० लडाकू सो कारबाहीमा मारिएका  पान अरब अल मयाद्दिन टेलिभिजनले बुधबार जानकारी दिएको छ ।

हामादेखि बाहीरी इलाकामा पर्ने सलामिया सहरमा सैनिकले एम्बुस आक्रमण गरी ती आतङ्ककारीहरुलाई मारेको सो टिभीले जानकारी दिएको छ ।

यस आक्रमणको विस्तृत विवरण भने नदिइएको प्राप्त समाचारमा जनाइएको छ । सिरियाली सैनिकले हाल मात्र देशको उत्तरी भागमा पर्ने हामा प्रान्तमा नुस्रा लडाकूहरुसँग वार्ता गरेको   समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा