काठमाडौं, ३१ असोज । उडिसक्नुपर्ने बेलासम्म रोजगारीको माग नआएपछि इजरायलको केयर गिभर संकटमा परेको छ ।
पाइलट प्रोजेक्टको रुपमा दुई वर्षअघि सुरु गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार सेप्टेम्बरसम्म ६० जना कामदार इजरायल उडिसक्ने वैदेशिक रोजगार विभाग र नेपालस्थित राजदूतावासबीच समझदारी भएको थियो । नागरिक दैनिकले समाचार छापेको छ ।
उक्त समझदारीको अवधिसम्म एकजना पनि ईजरायल जान सकेनन् । तोकिएको अवधिसम्म जान नपाएका कामदारको गुनासोबाट आजित भएपछि विभागले गरेको तारन्तरको प्रयाशले अक्टोबर २ तारेखमा पाँचजना मात्र ईजरायल उड्न पाएका छन् ।
कार्यतालिका अनुसार विभागले ईजरायलमा केयर गिभरको काम गर्न जाने ६० जना छनौट गरी तयारी अवस्थामा राखिसकेको छ ।












प्रतिक्रिया