१५ कार्तिक २०८३, आइतबार

यसरी पक्राउ परेका हुन् ८८ किलो सुनका तस्कर कांग्रेस नेता

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असोज । ठमेलमा फेला परेका तस्करीको ८८ किलो सुनको लगानीकर्तामध्येका मनबहादुर तामाङ पक्राउ परेका छन् ।

नेपाली कांग्रेसको समानुपातिकतर्फको टिकट लिन काठमाडौं आएका बेला उनी पक्राउ परेका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

नेपाल–चीन केरुङ व्यापार संघको अध्यक्ष रहेका तामाङ महानगरीय प्रहरी अपराध महाशाखाले ८८ किलो सुन फेला पारेपछि अर्धभूमिगत बनेका थिए ।

रसुवाको प्रादेशिक क्षेत्र नम्बर २ बाट कांग्रेसको समानुपातिक कोटामा पर्न काठमाडौं आएका उनी पार्टीले निर्वाचन आयोगमा उम्मेदवारको सूची बुझाएको भोलिपल्ट सोमबार पक्राउ परेका हुन् ।

महाशाखाले केरुङ नाका हुँदै काठमाडौं भित्रिएको सुन भदौ १९ मा क्षेत्रपाटीबाट बरामद गरेको थियो ।

बा १७ च ६४२७ नम्बरको गाडीसहित महाशाखाले मनोज अधिकारीलाई पक्राउ गरेपछि तस्करीमा सक्रिय जालोबारे खुलेको थियो ।