३१ आश्विन २०८३, शनिबार

कामदारलाई यौन व्यवसायमा संलग्न गराउने दुर्गादेवी प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पथरी, २६ कात्तिक । होटलमा काम गर्ने युवतीलाई यौन व्यवसायमा संलग्न गराएको भन्दै मोरङ प्रहरीले विराटनगरस्थित ज्योति होटलकी सञ्चालिका दुर्गादेवी बराल (मण्डल)लाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीले होटलमा काम गर्ने युवतीलाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा मङ्गलबार साँझ बराललाई पक्राउ गरेको प्रहरी निरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।

यही कात्तिक २४ गते विराटनगर–१८ मा नवजात शिशुको शव फेला परेको विषयलाई  अनुसन्धान गर्न पक्राउ गरिएकी एक युवतीले होटलमा काम गर्ने क्रममा ग्राहकलाई यौन सन्तुष्टि दिने नाममा अवैध गर्भ बस्न गएको  बताएपछि प्रहरीले होटल सञ्चालिकालाई पक्राउ गरेको हो ।