३१ आश्विन २०८३, शनिबार

नेविसंघको महाधिवेशनमा संस्थापन र देउपा पक्ष छुट्टाछुट्टै उम्मेदवार उठाउने तयारीमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nebisangha-eaki काठमाडौँ, २५ कात्तिक । पटक–पटक स्थगन हुँदै आएको नेपाल विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिवेशन आगामी कात्तिक ३० गते देखि मंसिर २ गतेसम्म काठमाडौं किर्तिपुरमा हुने निश्चित भएको छ ।

मंगलबार बसेको नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठकले नेविसंघले पेश गरेको प्रस्तावित विधानलाई संशोधन गरी पदाधिकारी तथा सदस्यहरुको संख्या घटाएर बाटो खोलेसँगै महाधिवेशन हुने चिश्चित भएको हो ।

संशोधन गरिएको विधान अनुसार अब १ अध्यक्ष, निर्वाचित र मनोनित गरि २ महामन्त्री, ७ उपाध्यक्ष, ८ सहमहामन्त्री, १ कोषाध्यक्ष सहित १ सय २१ जनाको केन्द्रीय समिति हुने भएको छ ।

पार्टी पदाधिकारीको निर्देशन अनुशार र अधिवेशन सम्पन्न गर्न पार्टी महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा रहेको निर्देशन समितिको निर्णय अनुसार सार्क शिखर सम्मेलनलाई असर नगर्ने गरी रिङरोड बाहिर अधिवेशन सम्पन्न गर्ने सहमति भएको अधिवेशन प्रचार प्रसार संयोजक मोतिलाल भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीले दिएको जानकारी अनुसार महाधिवेशनमा संस्थापन र देउवा पक्षका दुई वटा प्यानल मात्र भिड्ने निश्चित भएको छ । नेतृत्व हत्याउन विद्यार्थी नेताहरुको होडबाजी र झगडा भए पनि प्रभावसालि नेताहरु समन्वय गर्न खटिएका छन् ।

संस्थापन पक्षबाट एउटा मात्र प्यानल खडा गर्न नेताहरु गोबिन्द भट्टराई, गगन थापा, गुरु घिमिरे, पौडेल खटिएका छन् । यता देउवा पक्षका विमलेन्द्र निधी, बालकृष्ण खाँड, प्रकाशशरण महत, एनपी साउद लागि परेका छन् ।