५ कार्तिक २०८३, बिहिबार

विप्लव समुहलाई तत्काल पार्टी विरोधी गतिविधी रोक्न वैद्यको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan Baidhyaकाठमाडौँ, २५ कात्तिक । वैद्य नेतृत्वको नेकपा–माओवादीले सचिव नेत्रविक्रम चन्द (विप्लव)लाई पार्टीविरोधी गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ ।

सोमबार पार्टी कार्यालय बुद्धनगरमा बसेको पोलिटब्यूरो बैठकसमेत बहिष्कार गरेको चन्द समुहलाई  बैठकले त्यस्तो निर्देशन दिएको हो ।

चन्द समुह औपचारिक रुपमै पार्टी विभाजन गर्ने तयारीमा जुटेको भन्दै सो समुहले बुधबारदेखि गर्न लागेको राष्ट्रिय भेलासमेत रोक्न पोलिटब्यूरो बैठकले निर्देशन दिएको छ ।

दुईदिने पोलिटब्यूरो बैठकका निर्णय सार्वजनिक गर्दै मंगलबार जारी प्रेस वक्तव्यमा वैद्य र बादलले केही जिम्मेवार कमरेडहरुबाट पार्टी पद्दति विपरीत अलग ढङ्गले गतिविधि गरिरहेको भन्दै त्यस्ता गतिविधिहरु तत्काल बन्द गरी पार्टीलाई एकतावद्ध तुल्याउन निर्देशन दिएका हुन् ।

आगामी  मंसिर ६ गते केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय समेत उक्त बैठकले गरेको छ ।  विस्तारित बैठकमा केन्द्रीय सल्लाहकार र वैकल्पिक केन्द्रीय सदस्यसमेत सहभागी हुन पाउनेछन् ।