नेपालगन्ज, २४ कत्तिक। आफ्नै प्रेमीलाई मट्टितेल छर्केर आगो लगाउँने नेपालगन्ज–७ की ४० वर्षीया निलम सोनी उर्फ सोनारीलाई प्रहरीले पक्राउ गरेको छ । सम्पत्ति आफ्नो नाममा नगरेको भन्दै सोनारीले सोमबार राति ३५ वर्षीय सुरेन्द्रकुमार शुक्लालाई आगो लगाएकी हुन् ।
रिक्सा चालक शुक्लासँग सोनारीको करिब एक वर्षदेखि प्रेम सम्बन्ध रहेको बुझिएको छ । भेरी अञ्चल अस्पतालमा उपचार गराइरहेका शुक्लाले सोनारीले आगो लगाएको बताएपछि प्रहरीले उनीलाई पक्राउ गरेको हो ।
शुक्लाको छाती र मुख जलेको चिकित्सकहरुले जानकारी दिएका छन् । सम्पत्ति आफ्नो नाममा गर्न दबाब दिएको र शुक्लले नमानेपछि उनीले आगो लगाएको बुझिएको छ । सोनारीको श्रीमानसँग पनि राम्रो सम्बन्ध नभएको स्थानीयले बताएका छन् ।















प्रतिक्रिया