५ कार्तिक २०८३, बिहिबार

तीन दलको शक्ति समीकरणको झगडाले संविधान निर्माणमा अवरोधः थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapa चितवन, २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलबीच संविधानका एजेन्डामा नभई शक्ति बाँडफाँडमा कुरा नमिलेको दाबी गर्नुभएको छ ।

संविधान जारी भएपछि शक्ति समीकरणमा आफूलाई बलियो बनाउन नेताहरुले बार्गेनिङ गरिरहेको जिकिर गर्दै उहाँले संविधानका एजेन्डा देखावटीमात्र भएको आरोप लगाउनुभयो ।

राप्रपा नेपालले मंगलबार भरतपुरमा  आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष थापाले तीन दलकै कारण तोकिएको मिति माघ ८ मा संविधान जारी हुन नसक्ने बताउनुभयो ।

संविधान बनेपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री को बन्ने भन्ने विषयमा यिनीहरुको झगडा छ, तीन दललाई सङ्केत गर्दै थापाले भन्नुभयोे, ‘सात प्रदेशमा हुने, आठमा नहुने, यो नाम हुने त्यो नाम नहुने भन्ने सबै देखावटी कुरा हो । शक्ति बाँडफाँडमा कुरा मिलेको एक हप्ताभित्र संविधान तयार हुने उहाँले ठोकुवा गर्नुभयोे ।’

काँग्रेस–एमालेको मोर्चाबन्दी, एमाओवादीको मोर्चाबन्दी र तीन दलको निषेधको राजनीति अहिलेको समस्याका रुपमा देखा परेको अध्यक्ष थापाले बताउनुभयो । उहाँले हामी चौथो शक्तिलाई जसरी निधेषको गरिएको छ, यो स्वाभाविक छैन, तर संविधान जारी गर्ने विषयमा आफ्नो पार्टी बाधक नबन्ने थापाले स्पष्ट पार्नुभयो ।

‘हामी सर्वधर्म समभाव, धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राज्य र राजसंस्थासहितको प्रजातन्त्र चाहन्छाँै । यी एजेन्डा सम्बोधन नभए पनि संविधान जारी गर्ने विषयमा बाधक नबन्ने तर असहमति राख्ने छाँै’ थापाले भन्नुभयो ।

हिन्दू राज्यको माग गर्दैै पूर्व–पश्चिम रथयात्रा गर्न लागिएको थापाले जानकारी दिनुभयो । हिन्दू राज्यका सवालमा काँग्रेस र एमालेभित्र पनि ठूलो समर्थन रहेको उहाँको दाबी छ ।  ‘स्वयम् काँग्रेस सभापति सुशील कोइराला सकारात्मक हुनुहुन्छ भन्ने मैले बुझेको छु, खुमबहादुरजीहरुले त अभियान नै थाल्नुभयो, यो सकारात्मक छ’ अध्यक्ष थापाले भन्नुभयो  । रासस