३१ आश्विन २०८३, शनिबार

२५ वर्षीया महिलालाई बलात्कार गरी फरार थापा यसरी परे प्रहरी फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २५ कात्तिक ।  एक युवतीलाई बलात्कार गरी फरार रहेका अभियुक्त सोमबार पक्राउ     परेका छन् ।

कात्तिक १९ गते दिउँसो जिल्लाको हिल गाविस–९ स्थित भुसुनीको जङ्गलमा २५ वर्षीया  महिलालाई बलात्कार गरी फरार रहेका हरिचौर गाविस–३ बस्ने २८ वर्षीय सुमन थापालाई पक्राउ गरिएको प्रहरी नायब निरीक्षक शैलेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । पीडित युवतीले घटनाबारे तुरुन्तै प्रहरीमा उजुरी दिएपछि प्रहरी उनको खोजीमा लागेको थियो ।

पछिल्लो समय बागलुङमा बलात्कारका घटनामा वृद्धि आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो २७ महिनाभित्र योसँगै २२ वटा बलात्कारका घटना भएका छन् । रासस