५ कार्तिक २०८३, बिहिबार

काँग्रेस र एमालेले पेल्न खोजे देशव्यापी हडताल गर्ने प्रचण्डको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

दाङ, २५ कात्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेले बबहुमतका आधारमा पोल्न खोजेको भन्दै त्यसो गरिए देशव्यापी आमहड्ताल गरिने चेतावनी दिनुभएको छ ।

दाङमा सोमबार कार्यकर्ता भेलालाई सम्बोधन गदैँ बहुमतीय आधारमा संविधान ल्याउने प्रयास नगर्न चेतावनी दिनुभयो । उहाँले सबै वर्ग, लिङ्ग, भाषा, धर्म र जातीको पहिचानको बेवास्ता नगर्न कांग्रेस र एमालेलाई आग्रह गर्नुभयो ।

तोकिएको समय आगामी माघ ८ भित्र संविधान बनाउने पक्षमा आफ्नो दल रहेको बताउँदै उहाँले कांग्रेस एमालेले भौगोलिकतालाई मात्रै प्राथमिकता दिएको आरोप लगाउनुभयो ।