३१ आश्विन २०८३, शनिबार

सभापतिको हुकुमी शैली नमान्ने नेविसंघका असन्तुष्ट पक्षको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nabi–sangकाठमाडौं, २४ कात्तिक । नेपाली काँग्रेसको भातृसंगठन नेपाल विधार्थी संघ (नेविसंघ) का असन्तुष्ट पक्षले आगामी कात्तिक ३० गतेदेखि हुने महाधिवेशन विधिसम्वद्ध रुपमा गराउनुपर्ने माग गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महाधिवेशन गर्ने नाममा भागबण्डाको आधारमा खेताला खटाएर प्रतिनिधिहरुको नामावली पार्टी समक्ष पठाउने जस्ता अवैधानिक कार्य भएको भन्दै तत्काल उक्त कार्य सच्याएर विधि र प्रक्रिया अनुसार नामावली संकलन गर्नुपर्ने माग उनीहरुले गरेका हुन् ।

उनीहरुले वर्तमान सभापति रञ्जित कर्णको कार्यशैलीप्रति कडा आलोचना गर्दै तत्काल अलोकतान्त्रिक गतिविधि रोकेर विधि अनुसार नै महाधिवेशन गराउनुपर्ने स्पष्ट पारेका छन् ।

नेविसंघका केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले जिल्ला र क्याम्पसहरुबाट विधिवत रुपमा अधिवेशन गराई छनौट भएका प्रतिनिधिहरु यथावत हुनुपर्ने र बाँकी रहेका जिल्ला र क्याम्पसहरुमा तत्काल अधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।

‘वर्तमान सभापतिको हुकुमी शैलीले गर्दा अहिले विवाद सिर्जना भएको हो,’ उनले भने, ‘कर्णले तत्काल अलोकतान्त्रिक गतिविधि त्याग्नुपर्छ ।’
अर्का केन्द्रीय सदस्य जगदीश बमले विधिवत रुपमा अधिवेशन नगरी भागबण्डको आधारमा निर्णय गरिएका किर्तिपुर, विश्वभाषा, नेपाल कमर्श क्याम्पस, सरस्वती, बाल्मिकी, रत्नराज्य, बैतडी, सल्यान, चितवन, रुपन्देही, बारा, पर्सा, धनुषा लगायतका जिल्लाहरुमा तत्काल अधिवेशन गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै तुलसा पन्तले महाधिवेशन निष्पक्ष, स्वतन्त्र, धाँधलीरहित र भयरहित ढंगबाट सम्पन्न गर्नका लागि पार्टीले विश्वसनीय वातावरण निर्माण गर्नुपर्ने सुझाव राखेकी छिन् ।