काठमाडौं, २३ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले प्रदेश २ मा र्दुइ तिहाई संसद सिट पाउनुपर्नेमा गरेपछि आफ्नो नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउने अग्रसर कांग्रेस झस्किएको छ ।
कांग्रेससहितको ६ दलीय गठबन्धन कार्यदलको आइतबार बसेको बैठकमा राजपा र फोरमले संयुक्त रुप्मा सातै प्रदेशमा प्रतिनिधिसभाको ५५ सिट आफूहरूले पाउनुपर्ने माग गरेका हुन् ।
उनीहरूले सबैभन्दा बढी प्रदेश २ को ३२ निर्वाचन क्षेत्रमा २४ सिट पाउनुपर्ने माग गरेका छन् ।
प्रदेशसभाका लागि त्यसै अनुपातमा ४८ सिट माथिएको श्रोतले जनाएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।












प्रतिक्रिया