काठमाडौँ, २४ कात्तिक । सभामुख सुवास नेम्बाङले सत्तापक्ष पत्रकार सम्मेलन र प्रतिपक्ष आमसभामा उत्रेर आफ्ना कुरा राख्ने क्रमलाई छाडेर आफैँले बनाएको संविधानसभा र सम्बन्धित संयन्त्रमा बसेर छलफल गरेर टुङ्गोमा पुग्न ध्यानाकर्षण गराउनु भएको छ ।
गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा ‘गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठान’ ले सोमबार शान्तिवाटिकामा आयोजना गरेको कार्यक्रममा उहाँले माघ ८ गतेको मूल कार्यतालिकामा परिवर्तन गर्न नसकिने भन्दै दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराउनु भएको हो ।
‘आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनमा आउने विदेशी विशिष्ट पाहुनाले कात्तिक मसान्तमा संविधानको मस्यौदा बन्ने भनेको होइन भनेर सोध्दा के जवाफ दिने,’ उहाँले भन्नुभयो,’ ‘नेताहरूले सबै सहमति भइसकेको छ, निर्णय गर्न दुई घन्टामात्र भए पुग्छ भन्नुभएको छ तर त्यसका लागि पनि बैठक त बस्नुप¥यो । बाहिर बाहिर बोल्दै हिँडेर कहाँ सहमति हुन्छ ?’















प्रतिक्रिया