३१ आश्विन २०८३, शनिबार

आफ्नै बाबु नै पापी भएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape_minor4_042113102557

बर्दिया, २४ कात्तिक । मानिसहरु नैतिक रुपमा कतिसम्म पतन हुन्छन् भन्ने उदाहरण बर्दियामा भएको एउटा घटनाले देखाएको छ ।

आफ्नै चौध वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा सानोश्री गाविसका ४५ वर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको छ ।  आफ्नै घरमा आफूलाई पटकपटक बाबुले बलात्कार गरेको भन्दै बालिकाले इलाका प्रहरी कार्यालय सानोश्रीमा जानकारी गराएकी थिइन । इलाका प्रहरी कार्यालय सानोश्रीले आरोपित बाबुलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुलरिया  बर्दियामा पठाइएको प्रहरीले जनाएको छ ।