५ कार्तिक २०८३, बिहिबार

घुससहित रंगेहात पक्राउ परेका विमानस्थल भन्सारका निमित्त प्रमुख निलम्बन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ghus-curruption

काठमाडौँ, २३ कात्तिक । घुससहित रंगेहात पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख सुदिपचन्द्र शाहलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निलम्बन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगले आइतबार अर्थ मन्त्रालयलाई पत्र लेखी शाहलाई निलम्बन गर्न निर्देशन दिएको हो । पदमा रहिरहँदा शाहले आफूविरुद्धको प्रमाण लोप गर्न सक्ने भएकाले निलम्वनको निर्देशन दिइएको आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

आयोगले घुस लिँदालिँदै शुक्रबार उक्त कार्यालयका नासु हरिवंश कार्कीलाई पक्राउ गरेको थियो  । पक्राउ पछि कार्कीले घुस वापतको रकम निमित्त प्रमुख शाहलाई बुझाइने बताएका थिए । शुक्रबार २१ लाख ४० हजार घुस लिँदालिँदै थलोमा नै उनीहरू पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा हिरासतमा रहेका नासु कार्कीको कपन–३ स्थित घरमा थप रकम रहेको र उनकी श्रीमती लक्ष्मी लम्साल कार्कीले भन्सारकै अर्का नासु सुरेश थपलियाको घरमा लगी लुकाउन खोज्दा सूचनाका आधारमा आयोगको टोलीले शनिबार नै ५१ लाख २०० नियन्त्रणमा लिएको थियो ।