कलैया, २३ कात्तिक । बारा जिल्लाको बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाईको मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा चढाइने पशुबली रोक्न युरोपेली महासङ्घका मुलुकहरुले परराष्ट्र मन्त्रालयमार्फत आग्रह गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
विश्वमै सबैभन्दा बढी बलि चढ्ने गढीमाईको मेला मङ्सिर १२ र १३ गते हुँदैछ। गढीमाईमा चढाइने पशुबलीबारे युरोपेली सङ्घका राजदूतहरुले परराष्ट्र मन्त्रालयमार्फत बली रोक्न गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय बारामा पत्र पठाएका थिए ।
गृह मन्त्रालयको पत्रअनुसार जिल्ला प्रशासन कार्यालय बाराले गढीमाई मन्दिर संरक्षण तथा विकास समिति, नेपाल पत्रकार महासङ्घ बारा र सरोकारवालाहरुलाई समेत गृह मन्त्रालयबाट प्राप्त पत्रका विषयमा जानकारी गराएको छ। रासस















प्रतिक्रिया