सोलुखुम्बु, २३ कात्तिक । नेपाल एयरलाइन्सको जहाज आइतबार ठुलो दुर्घटना हुनबाट जोगिएको छ । सोलुखुम्बुको फाप्लु विमानस्थलबाट ५ जना सभासद सहित १५ यात्रु बोकेर काठमाडौं उड्दै गरेको विमान ठुलो दुर्घटना हुनबाट जोगिएको हो ।
उडान भर्नका लागि धावन मार्गमा गुड्दै गर्दा इन्जिनमा खराबी देखिएपछि जहाज फाप्लुमै केही घण्टा ग्राउन्डेड भयो ।
नागरिक उड्यन प्राधिकरण फाप्लुले दिएको जानकारी अनुसार दायाँ तर्फको पंखा नघुमेपछि जहाज ग्राउण्डेड भएको हो ।
बिग्रिएको उक्त जहाज मर्मतका लागि नेपाल एयरलायन्सले काठमाण्डौबाट ईन्जिनियर सहितको टोलि फाप्लु बिमानस्थलमा बोलाएपछि जहाज मर्तत गरेर यात्रुहरु करिब २ वजे काठमाडौँतर्फ उडेका थिए ।
बिमानमा संविधान सभा निर्वाचन अध्ययन अनुसन्धान तथा सुझाव सम्बन्धि संसदीय विशेष समितिका संयोजक लक्ष्मणलाल कर्ण, सदस्यहरु रामनारायण बिडारी, भानुभक्त ढकाल, कमलप्रसाद पंगेनी, रेखा शर्मालगायत संसद सचिवालयका कर्मचारीहरु थिए ।
सभासद् भानुभक्त ढकालले केहीवेर अघि मात्र काठमाडौँ अवतरण भएको दैनिक नेपाललाई जानकारी दिनुभयो ।
‘















प्रतिक्रिया