५ कार्तिक २०८३, बिहिबार

राजधानीमा रगतको चरम अभाव, बिरामी मर्कामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

blood_donation

काठमाडौँ, २३ कात्तिक । राजधानीमा बिरामीका लागि रगतको अभाव देखिएको छ ।

केन्द्रीय रक्तसञ्चार केन्द्रमा रगतको अभाव देखिएको हो । लगातार परेका चाडपर्व र नजिकिएको १८औँ सार्क शिखर सम्मेलनका कारण रगत संकलन हुन नसक्दा रगतको अभाव देखिएको केन्द्रीय रक्तसञ्चार केन्द्रले जनाएको छ ।

केन्द्रमा रगत अभाव भएपछि रगत लिन आउने सेवाग्राही मर्कामा परेका छन् । दुई÷तीन दिनसम्म रगत लिन केन्द्रमा धाउँदा समेत रगत अभाव भएको भन्दै रित्तो हात फर्किनुपरेको सेवाग्राहीको गुनासो छ ।

तर, नेपाल स्वयम्सेवी रक्तदाता समाजले भने रगत सङ्कलनको पारदर्शिता नभएकाले रगतको अभाव देखिएको बताएको छ । समाजका अध्यक्ष प्रेमसागर कर्मचार्यले रक्तदाता जुनसुकै समयमा पनि रगत दिन तयार रहेका कारण रगतको अभाव नभएको उल्लेख गर्नुभयो ।

केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले रक्तदाताहरुले चाडपर्वको अवसरमा आवश्यक रगत उपलब्ध नगराएका कारण अभाव भएको जिकिर गर्नुभयो ।