५ कार्तिक २०८३, बिहिबार

प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष गणेशमानको सम्‍झनामा वेबसाइट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ganeshman4काठमाडौँ, २३ कात्तिक ।  गणेशमान सिंहको जन्मशताब्दीको अवसर पारेर गणेशमान सिंह फाउण्डेशनले नयाँ वेबसाइटको सुरुवात गरेको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष सिंहको सम्मानमा गणेशमान फाउण्डेशन डटकम सञ्चालनमा ल्याएको फाउण्डेसनले बताएको छ ।

गणेशमान सिंह जन्मशताब्दी वर्ष मनाउने सन्दर्भमा वेबसाइटको उद्घाटन अध्यक्ष एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहले गर्नुभएको हो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा गणेशमानले गरेको योगदानका बारेमा वेबसाइट मार्फत हेर्न सकिने मन्त्री सिंहले जानकारी दिनुभयो ।