बारा, २३ कात्तिक । शनिबार साँझ बाराको कलैयामा चाउचाउ किन्न गएकी एक बालिका मृत फेला परेकी छिन् ।
शनिबार साँझ ७ बजे घरबाट निस्केकी कलैया–८ की कञ्चन ठाकुरकीको शव दुई घण्टापछि जिल्ला अस्पताल नजिकको गल्लीमा भेटिएको प्रहरीले जानकारी दिएको छ । शव भेटिएको स्थान घरबाट एक झण्डै किलोमिटर टाढा पर्छ ।
बालिकाको बलत्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । शवको अवस्था हेर्दा बालिकाको बलत्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको हो ।
प्रहरीका अनुसार कञ्चन पाँच वर्षीया बहिनीसँग चाउचाउ किन्न घरबाट निस्केकी थिइन् ।अज्ञात व्यक्तिले उनकी पाँच वर्षीया बहिनीलाई घर पठाई कञ्चनलाई फकाएर लगेको अनुसन्धानबाट पत्ता लागेको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । बालिकाको शब वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।















प्रतिक्रिया