३१ आश्विन २०८३, शनिबार

बागलुङमा विश्वकै अग्लो विश्व शान्ति कलश निर्माण सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २३ कात्तिक  । धार्मिक पर्यटनलाई लक्ष्य गरी यहाँ विश्वकै अग्लो विश्व शान्ति कलश निर्माण सुरु गरिएको छ ।

धार्मिक पर्यटन गन्तव्य विकास गर्ने उद्देश्यले बागलुङ नगरपालिका–८ सर्वसिद्धि पञ्चकोटमा कलश र मुक्तिनाथ महाघण्ट बनाउन लागिएको हो ।

एक हजार पाँच सय मिको उचाइमा रहेको पञ्चकोट क्षेत्रलाई ‘विश्वशान्ति सर्वसिद्धिकोट जयश्री मुक्तिनाथ धाम स्थल नयाँ धार्मिक गन्तव्य’ रूपमा विकास गरिने भएको हो ।

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको अगुवाइमा स्थापित ‘अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेवल ट्रस्ट’ ले विश्व शान्ति कलश, मुक्तनाथ महाघण्टलगायत अन्य पूर्वाधार निर्माणको काम सुरु गरेको छ ।

एक सय ७५ रोपनी क्षेत्रफल ओगटेर बनाउन लागिएको उक्त धार्मिकस्थलको विकासका लागि रु ३३ करोडको गुरुयोजना बनाएर काम थालिएको हो । उक्त स्थलमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट पनि बन्ने भएको छ ।

विश्वशान्ति कलश निर्माणमा मात्रै रु १५ करोड रुपैयाँ लागत लाग्ने ट्रस्टले जनाएको छ । कलश विश्वकै अग्लो हुने जिकिर गरिएको छ ।

‘बागलुङ जिल्लालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यसले ठूलो सघाउ पुर्‍याउँछ, संसारभर शान्ति सन्देश फैलाउन खोज्दैछौँ ट्रस्टका जनसम्पर्क अधिकारी खेमराज सापकोटाले भन्नुभयो ।

विश्वशान्ति धाम नाम दिइएको उक्त स्थानबाट दर्जन बढी उच्च हिमालको समेत अवलोकन गर्न सकिने भएकाले उक्त स्थान पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ठानिएको छ । रासस