जनकपुर, २२ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको नेपाली काँग्रेस र एमालेले गल्ती नसच्याए मधेसी जनतालाई आफ्नो सरकार आफैं गठन गर्ने अधिकार प्राप्त हुने चेतावनी दिनुभएको छ ।
शनिबार जनकपुरमा आयोजित २२ दलको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो चेतावनी दिनुभएको हो ।
‘मधेसी, जनजाति र माओवादीलाई ‘माइनस’ गरेर संविधान बनाइए त्यो मान्य हुँदैन,’ काँग्रेस र एमालेले केही दिन अघि ल्याएको ७ प्रदेशको साझा प्रस्तावप्रति संकेत गर्दै उहाँले भन्नुभयो, ‘माओवादी, मधेसी र जनजातिसँगको सम्झौता तोडेर कांग्रेस र एमालेले सरकार सञ्चालनको राजनीतिक आधार गुमाए ।’
उहाँले सम्वोधनका क्रममा काँग्रेस र एमालेलाई सामन्तवाद र राजतन्त्रको पुच्छर एवं विषालु सर्पको संज्ञा समेत दिनुभयो ।
‘काँग्रेस र एमाले विषालु सर्पका पुच्छर हुन्, सर्पको टाउको किचिइसकेको छ, पुच्छर मात्रै हल्लिँदैछ, पुच्छर र टाउको जोडियो फेरि सर्प बाँच्न सक्छ, त्यसैले अब पुच्छर पनि थिच्नुपर्छ,’ उहाँले भन्नुभयो ।















प्रतिक्रिया