काठमाडौँ, २२ कात्तिक । प्रदेश विभाजनको विषयलाई लिएर नेपाली काँग्रेस भित्र भाँडभैलो सुरु भएको छ ।
उक्त दलका मधेसी सभासदहरुले केही दिन अघि मात्र काँग्रेसले एमालेसँग मिलेर ल्याएको सात प्रदेशको साझा प्रस्तावविरुद्ध हस्ताक्षर संकलन गर्न थालेपछि भाँडभैलो सुरु भएको हो ।
उक्त प्रस्तावका विरुद्ध काँग्रेसका मधेसी केन्द्रीय केन्द्रीय सदस्य र सभासदले हस्ताक्षर संकलन सुरु गरेको एक सभासदले जानकारी दिए । उनका अनुसार ५० बढी सभासदको हस्ताक्षर संकलन भइसकेको छ ।
उनीहरुले अभियानको औपचारिक जानकारी पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई गराई सकेको समेत जानकारी दिए ।
दुई बुँदाको ज्ञापन पत्रमा उनीहरुले सात प्रदेश बनाउने हो भने मधेसमा तीन प्रदेश र ८ प्रदेश बनाउने हो भने मधेसमा चार प्रदेश हुनुपर्ने उल्लेख गरेका छन् ।
















प्रतिक्रिया