२९ आश्विन २०८३, बिहिबार

एक हजार ५ सय सैनिकलाई इराक पठाउँदै अमेरिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, २२ काात्तिक । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकमा इस्लामिक स्टेट (आइएस) विरुद्ध  जारी युद्धमा  इराक सैनिकको सहयोगको लागि थप एक हजार ५०० अमेरिकी सैनिकलाई इराक पठाउने  खुलासा गर्नु भएको छ ।

सिरिया  र इराकमा भिषण  हिसां र  हत्या मच्चाउँदै आएका आइएस विरुद्धको लडाईमा  गत तीन महिना अघिदेखिनै अमेरिकाले हवाई आक्रमण सुरु गर्दै आएको छ ।

इराक पठाइने भनिएको थप एक हजार ५०० सैनिकमा करिब ६०० सैनिकले इराकी सैनिकलाई आइएस विरुद्धको कारबाही योजनामा सरसल्लाह दिने र अन्य ९०० भने आइएस लडाकू विरु्द्धको लडाईमा लड्ने जनाइएको छ ।
आइएस विरुद्धको लडाईको लागि हाल इराकमा  एक हजार ४०० अमेरिकी सैनिक रहेका छन् । ती मध्ये बग्दाद र आर्बिलमा ६०० आइएस विरुद्धको कारबाहीमा इराकी सैनिकको   सल्लाकारको रुप रहेका छन् ।

त्यसैगरी अन्य  ८०० अमेरिकी सैनिक बग्दादस्थित अमेरिकी राजदूतावास, बग्दाद  विमानस्थलमा सुरक्षाको लागि खटिएका छन् ।

राष्ट्रिपति ओबामाले इराकमा आइएस विरुद्धको लडाईलाई सशक्त बनाउनको लागि अमेरिकी सैनिकलाई दोब्बर बनाउन लागिएको बताउनु भएको  छ । रासस /एएफपी