५ कार्तिक २०८३, बिहिबार

संविधान निर्माणको चरणलाई अवरुद्ध गर्ने निरङ्कुशतावादी हुन्ः गृहमन्त्री गौतम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautam झापा, २२ कात्तिक ।  उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले संविधान जारी नहुञ्जेल यही सरकार रहने बताउनुभएको छ ।

कार्यक्रमको सिलसिलामा शनिबार झापा पुग्नु भएका गौतमले यस्तो बताउनु भएको हो ।

‘संविधान जारी नहुन्जेल वर्तमान सरकार नै निरन्तर रहन्छ,’ उहाँले सञ्चारकर्मीहरुसँग भन्नुभयो माघ ८ गते जसरी पनि संविधान जारी हुन्छ, त्यसपछि मात्र सरकार परिवर्तन हुन्छ ।’

सहमति हुनसक्ने विषयमा समहति गरेर र सहमति हुन नसकेका विषयलाई प्रक्रियामार्फत टुङ्ग्याएर संविधान जारी गर्ने उहाँको भनाई थियो ।

उहाँले संविधान निर्माणको चरणलाई अवरुद्ध गर्ने र प्रक्रिया नमान्नेहरूलई निरङ्कुशतावादीको संज्ञा दिनुभयो ।